• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

एनपीएलः आज पनि दुई खेल हुँदै 


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई  खेल हुँँदैछन् । बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ । पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौं कप्तान करण केसीको  कप्तानीमा मैदानमा हुनेछ ।

प्लेअफ दौडको कठिन मोडमा पुगेका काठमाडौं र पोखराको खेललाई महत्त्वका साथ हेरिएको छ । यसैगरी एनपीएल अन्तर्गत शनिबार नै हुने अर्को खेलमा चितवन र जनकपुर भिड्दैछन् । यो खेल देउँसो १ बजे सुरु हुनेछ । जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ ।

अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ । तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ । जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ ।

चितवन भने ६ अंकसहित चौथो स्थानमा छ । चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो । सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ । एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ । विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर २९ गते शनिवार