17.1 C
Kathmandu
Thursday, March 28, 2024
spot_img

कङ्गोमा बाढीपहिरोमा परि एक सय जनाको मृत्यु

भारी वर्षाका कारण यहाँ आएको बाढीपहिरामा परी कम्तीमा एक सय जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । प्रधानमन्त्री जीन मिसेल सामा लुकोन्डेले खोज तथा उद्धारमा अधिकारीहरू अझै क्रियाशील रहेका बताउनुभएको छ ।

प्रधानमन्त्री लुकोन्डेले बाढीपहिरामा परी हराएकाको खोजी भइरहेको, त्यसबाट भएको क्षतिको आकलन पनि भइरहेको सरकारी टेलिभिजनलाई बताउनुभएको छ । झण्डै १२ लाख जनसङ्ख्या रहेको राजधानी किन्सासाका २४ वटा क्षेत्र बाढीपहिराबाट अधिक प्रभावित भएका छन् । घरहरू डुबेका छन् भने सडक भत्किएका छन् ।

गालिमिया क्षेत्रमा ३६ जना भन्दा बढीको मृत्यु भएको तथा शवको गणना भइरहेको, सहरको अर्को भागमा एकै परिवारका पाँच जनाको मृत्यु भएको तथा केहीको करेन्ट लागेर मृत्यु भएको नगरप्रमुख अलिद शिबान्डाले बताएका छन् ।

गत सोमबारदेखि परेको अविरल वर्षाले महाविपत्ति निम्त्याएको नगरप्रमुख शिवान्डाले बताए । अधिकांश क्षति अनुमतिबिना बनाइएका घरमा भएको छ । सन् २०१९ मा पनि बाढीपहिरामा परी ३२ जनाले ज्यान गुमाएका थिए ।
–––

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles