test
21.1 C
Kathmandu
Saturday, July 13, 2024
spot_img

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना प्रहरीको हिरासतमा

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई आज बिहान नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेहरुमा तिलाठी कोईलाडि गाउँपालिका वडा नम्वर ६ का लक्ष्मि यादव, राजेश यादव, कृष्ण कुमार यादव र जोगिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर ६ का बिक्रम मण्डल, बद्रि प्रसाद मण्डल र राम कुमा मण्डल रहेको छ । पक्राउ परेकाहरुलाई विघुत् चुहावट अन्तर्गत कारबाही स्वरुप जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण शाखा राजविराजले जनाएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,900SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles