24.1 C
Kathmandu
Wednesday, May 15, 2024
spot_img

रौतहटमा ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या,

रौतहट, रौतहटको देवाही गोनाही नगरपालिकामा एक पुरुषको हत्या भएको छ । देवाही गोनाही ६ कर्कच कर्मैया निवासी ब्रह्म देव साह को छोरा ३५ वर्षीय जगरनाथ साहको आफ्नै घरमा हत्या भएको हो ।

आफ्नै कोठामा रहेको खाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढा मगर भनाइ अनुसार उनको घाटीमा धारिलो हतियारले प्रहार भएको देखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको उनले बताए ।

घटनाका बारेमा अनुसन्धान गर्न मृतकको श्रीमतीसँग सोधपुछ भइरहेको उपरीक्षक बुढामगरले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा मृतककी श्रीमतीले राति चारजना मान्छेहरु घर भित्र प्रवेश गरी आफूलाई छेउको कोठामा थुनेर श्रीमानको हत्या गरेको बताएकी छिन ।

हत्याबारे थप अनुसन्धान भइरहेको बुढामगर ले जनाएको छ ।

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles