• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

पाँच रुपैयाँका नयाँ नोट आजदेखि चलनचल्तीमा


काठमाडौं – नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याएको छ। कुल १० लाख थान जारी गरिएको यस नोटको आकार र रंग साविककै जस्तै राखिएको छ। नोटको संकेत नम्बर ४५०००००१ देखि भ १८९९९९९९ सम्म रहेको छ।

नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप र गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ। नोटको तल्लो भागको किनारामा ‘विंस २०८१’ लेखिएको छ।

नोटको पछिल्लो भागमा अंग्रेजीमा “नेपाल राष्ट्र बैंक” लेखिएको छ। मध्यभागमा जंगली याक र हुम्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको छ।

यस नयाँ नोटको प्रचलनमा ल्याइँदा साना कारोबारमा सहजता आउने र मुद्रा सन्चलनमा सुधार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार