• २०८२ फाल्गुन २८ गते बिहिवार
  • Preeti To Unicode

हर्क साम्पाङले दिए उपप्रमुख हुँदाहुदै वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी


काठमाडौं । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुदा हुदै वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुख अइन्द्रविक्रम बेघासँग सम्बन्ध बिग्रिएपछि साम्पाङले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् । हर्क साम्पाङ नोभेम्बर २ तारिखमा बेलायतबाट नेपाल फर्कने छन् ।

साम्पाङले असोज २३ गते नै वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि पाँच बुँदामा उल्लेख गरेर यी काम गर्न नपाउने उल्लेख गर्दै मेयरको कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र दिएका छन् ।

प्रकाशित मिति : २०८१ असोज २९ गते मङ्गलवार