• २०८२ मङ्सिर १७ गते मङ्गलवार
  • Preeti To Unicode

आजको मौसम पूर्वानुमानः देशभरको मौसम सफा रहने


काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा हिजो शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ ।

हिजो बिहानको न्युनतम तामक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४.५ डिग्री पुगेको छ । आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार