22.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

कपडा पसलमा आगलागी

झापाको बिर्तामोडस्थित प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वाेत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।

राजु वंशलले सञ्चालनमा ल्याएको सो कपडा पसलमा आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

बिर्तामोड नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles