29.1 C
Kathmandu
Tuesday, May 30, 2023
spot_img

काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

काठमाडाँै महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले)का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गर्नुभएको छ । कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,790FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles