10.5 C
Kathmandu
Saturday, April 1, 2023
spot_img

प्राचीन ककरपत्त नगरको संरक्षण गर्दै सरावल गाउँपालिका

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा अवस्थित पुरातात्विक स्थल जावा क्षेत्र कोलवृक्ष बगैँचा (प्राचीन ककरपत्त नगर)को संरक्षण, प्रवद्र्धन र विकासमा गाउँपालिकाले चासो देखाएको छ ।

सरावल–२ जावा गाउँमा अवस्थित यस क्षेत्रमा विश्वमै लोमोन्मुख बुद्धकालीन वनस्पति कोलवृक्ष बगैँचा रहेको छ । भगवान् गौतम बुद्धले गृह सुख सन्देश दिएको प्राचीन ककरपत्त नगरका रुपमा यस क्षेत्रको संरक्षण गरी प्रवद्र्धन र विकासमा गाउँपालिका लागिपरेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिनुभयो ।

तत्कालीन कोलीय गणराज्य अन्तर्गतको ककरपत्त नगरमा गृहस्थलाई सन्देश दिएको हुँदा संसारकै गृहस्थले यस स्थानमा आएर भगवान् बुद्धको सन्देश सुन्न सक्ने र मुक्ति पाउने स्थलका रुपमा विकास गरिने उहाँले भन्नुभयो । उहाँले भन्नुभयो, “यस क्षेत्रलाई प्रवद्र्धन गर्न अहिले समान्य रुपमा ककरपत्त महोत्सवका रुपमा मनाइएको छ, अगामी दिनमा यसको महत्वलाई विश्वव्यापी प्रचारप्रसार गर्दै गुरुयोजना बनाएर विश्व सम्पदाको रुपमा स्थापित गर्छाैं ।”

पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्राचीन स्मारकका रुपमा संरक्षण गर्ने गरी राष्ट्रिय सम्पदामा सूचीकृत गरेको छ । विश्वकै ध्यान तान्न सक्ने सम्भाव्य धार्मिक पर्यटन क्षेत्रका रुपमा यो क्षेत्रलाई लिइएको छ ।

बुद्ध दर्शनका अनुसार कोलीय पुत्र दीर्घजानुको नामले जावा गाउँ रहन गएको थियो । उक्त स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले सरावल गाउँपालिकाले यहाँ विभिन्न पूर्वाधारका कार्य गर्दै आएको छ ।

भगवान् बुद्ध बेलाबेला गाउँ घुम्दा यस स्थानमा धर्म देशना गर्ने क्रममा भगवान् चरिया गर्दै ककरपत्त आएको किंवदन्ती छ । सोही बेला ककरपत्तका नगरप्रमुख कोलिय पुत्र दीर्घजानुले भगवान्समक्ष उपस्थित भई आफूहरु गृहत्याग गरी भिक्षु हुन नसक्ने बताउँदै समान्य गृहस्थहरु कसरी मुक्तिको मार्गमा जान सक्छन् भन्ने आग्रह गरेका थिए ।

भगवान् बुद्धले दीर्घजानुको आग्रहलाई स्वीकार गर्दै गृहसुख सन्देश सुनाउनुभएको यस क्षेत्रका अध्ययता बेचु गौडले बताउनुभयो । उहाँका अनुसार यो कुरा त्रिपिटकको अगुत्तर निकायको दीर्घजानु सुत्तमा उल्लेख छ । गृह सुख सन्देश दिँदा भगवान् बुद्धले गृहस्थको इहलौकिक अर्थात् जीवित हुँदासम्म र पारलौकिक अर्थात् मरणोपरान्त गरी दुई भागमा सन्देश सुनाउनुभएको थियो । गाउँपालिकाले अहिले गौरवकै आयोजनामा समावेश गरी ककरपत्त नगर क्षेत्रलाई संरक्षण, विकास, प्रवद्र्धनका लागि विभिन्न पूर्वाधारको विकास गर्दै आएको गाउँपालिका अध्यक्ष चौधरीले बताउनुभयो । ककरपत्त क्षेत्रमा हाल सभाहल, बालउद्यान, भगवान् बुद्धको मूर्ति, बुद्धको मूर्तिसँगै बुद्धले सन्देश दिँदै गरेको दीर्घजानुको मूर्तिसमेत स्थापना गरिएको छ ।

ककरपत्त क्षेत्रमा नै कमलपोखरी रहेको छ । उक्त क्षेत्रलाई संरक्षण गरी सो क्षेत्रमा प्रतीक्षालय, चरा अवलोकन गर्ने स्थलको समेत संरचना निर्माण गरिएको छ । ककरपत्त क्षेत्रमा आन्तरिक पर्यटकहरु उल्लेख्य आउने गरेको स्थानीय कोलवृक्ष पर्यटन विकास संस्थाका अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,754FollowersFollow
20,700SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles