• २०८२ कार्तिक १२ गते मङ्गलवार
  • Preeti To Unicode

चीनमा ५.० म्याग्निच्युडको भूकम्प, काठमाडौँसम्म महसुस


काठमाडौँ– आज बिहान ०४:०५ बजे चीनको डिङ्जे स्थानमा ५.० म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको छ। भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाबाट १८ किलोमिटर उत्तरतिर रहेको जानकारी प्राप्त भएको छ। यो भूकम्प काठमाडौँ उपत्यका र आसपासका क्षेत्रहरूमा पनि हल्का धक्का सहित महसुस भएको छ।

नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार चीनमा आएको भूकम्पको तीव्रता ५.० म्याग्निच्युड रहेको पुष्टि गरिएको छ।

यसैबीच, नेपालमा हालैका दिनहरूमा साना भूकम्पका झट्काहरू लगातार गइरहेका छन्। मंगलबार बिहान ०४:५३ बजे जाजरकोटको कुशे गाउँपालिकामा ४.४ म्याग्निच्युडको भूकम्प आएको थियो। त्यसअघि सोमबार राति ०९:३१ बजे जाजरकोटको पैंक क्षेत्रमा ४.१ म्याग्निच्युडको भूकम्प आएको थियो।

पछिल्ला केही दिनदेखि नेपालमा भूकम्पका साना झट्काहरू महसुस गरिएको छ, जसले स्थानीयवासीलाई चिन्तित बनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार