• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

लुक्ला जाँदै गरेको सीता एयरको जहाजमा समस्या, काठमाडौंमा आकस्मिक र सुरक्षित अवतरण


काठमाडौँ– रामेछापबाट लुक्ला जाने सीता एयरको एक जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ। जहाजको हाइड्रोलिक प्रणालीमा समस्या आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ।

विमानमा समस्या देखिएपछि तत्काल काठमाडौं फर्काइएकामा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरियो। अवतरणपछि जहाज केही समय धावनमार्गमा रोकिएको थियो, जसका कारण विमानस्थलको अन्य उडानसमेत प्रभावित भएका थिए।

पछि ट्याक्टरको सहयोगमा जहाजलाई पार्किङस्थलमा सारिएको हो। हाल जहाजको प्राविधिक परीक्षण जारी रहेको र आवश्यक मर्मतपछिमात्र पुनः सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।

घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। सीता एयरले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राखेर जहाज फिर्ता ल्याएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार