गाउँपालिकाका पूर्ववडाध्यक्ष यादव पक्राउ, आत्महत्या दुरुत्साहनमा अनुसन्धान सुरु


काठमाडौँ  – सोनमा गाउँपालिका-८ का पूर्ववडाध्यक्ष राजदेव प्रसाद यादवलाई आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले पक्राउ गरेको छ। यादवमाथि उच्च अदालत जनकपुरधामले पक्राउ गर्न परमादेश जारी गरेको थियो।

घटनामा गोविन्द महतो नामक व्यक्तिले २०८० असार ३० गते आत्महत्या गरेका थिए। महतोकी आमाले यादवलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले प्रारम्भिक रूपमा मुद्दा दर्ता नगरेपछि, मृतककी आमाले उच्च अदालत जनकपुरधाममा गुहारेको थियो। अदालतको आदेशपछि मुद्दा दर्ता गरिएको थियो।

सोमबार, इलाका प्रहरी कार्यालय गौशालाले यादवलाई पक्राउ गरेको छ र अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार