• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

नेपाली फिल्म ‘एक्लो’ कान्स मार्केटमा प्रस्तुत हुँदै, प्रदीप शाहीको नयाँ कदम


काठमाडौँ – नेपाली फिल्म ‘एक्लो’ को प्रस्तुति आगामी कान्स फिल्म फेस्टिभलको ‘कान्स बजार’ (मार्चे दु फिल्म) मा हुने भएको छ। यस फिल्मको निर्माण र निर्देशन प्रदीप शाहीले गरेका छन्।

यस फिल्मको थिम विज्ञान कथामा आधारित छ, जसले नेपालका हिमाल, आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित कथा प्रस्तुत गर्दछ। फिल्म अहिले पोस्ट-प्रोडक्सन चरणमा छ र यसले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजन गर्दै मानव जातिको विनाशको संघारमा उभिएको भविष्यको चित्रण गर्दछ।

निर्देशक प्रदीप शाही कान्स प्रोड्युसर्स नेटवर्कमा चयन भएका छन्, जसले नेपाललाई विश्वसामु चिनाउने प्रयास गरेको बताएका छन्। यस फिल्ममा नेटफ्लिक्स स्टार जेमी बेकनले अभिनय गरेका छन् र उनी सहनिर्माता पनि रहेका छन्।

कान्स फिल्म फेस्टिभल १३-२४ मे २०२३ मा फ्रान्सको कान्समा आयोजना हुनेछ, जहाँ १५,000 व्यवसायिक फिल्मकर्मी, ४,000 फिल्म र प्रोजेक्टहरू, र २५० फिल्म इभेन्टहरू आयोजना हुनेछन्। यस कार्यक्रममा १४० मुलुकका फिल्मकर्मीहरू सहभागी हुनेछन्।

हाल, ‘एक्लो’ फिल्मको नेपालमा प्रदर्शन मिति तय गरिएको छैन।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार