काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेका छन्। बैठक आगामी वैशाख १२ गते, दिउँसो १ बजेका लागि तय गरिएको छ।
मन्त्रिपरिषदको निर्णय
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। यस सिफारिसका आधारमा, राष्ट्रपति पौडेलले संसदको बैठक आह्वान गरेका हुन्।