• २०८२ कार्तिक ७ गते बिहिवार
  • Preeti To Unicode

धरानमा १९ केजी गाँजासहित तीन जना पक्राउ


काठमाडौँ  – धरान प्रहरीले विशेष चेकजाँचको क्रममा १९ केजी लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–४ का ४८ वर्षीय जोकबहादुर राई, ३० वर्षीय सुमन राई र धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३६ वर्षीय सुरज लिम्बू रहेका छन्।

मंगलबार राति धनकुटाको भेडेटारबाट धरानतर्फ आउँदै गरेको ‘को २ ह ४७३९’ नम्बरको टेम्पोमा सवार ती तीन जनालाई प्रहरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा टेम्पोमा रहेका दुईवटा कालो झोलाबाट १८ वटा पोका गाँजा फेला परेको थियो, जसको कुल तौल १९ केजी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

हाल पक्राउ परेकालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार