• २०८२ कार्तिक ५ गते मङ्गलवार
  • Preeti To Unicode

चितवनमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते


काठमाडौँ — लहानबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुवाहक बस डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा बसमा सवार १५ जना घाइते भएका छन्।

प्रदेश नम्बर १ मा दर्ता नम्बर ०२–००१ ख ९१६२ को बसमा कुल ३९ जना यात्रु थिए। घाइतेमध्ये ४ जनालाई पुरानो मेडिकल कलेजमा र बाँकीलाई बकुलहर अस्पतालमा उपचार गराइँदैछ। सबै घाइतेको अवस्था सामान्य र खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार