• २०८२ कार्तिक ५ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री ओलीद्वारा हिमाल संरक्षणको महत्वमा जोड


काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवतालाई जोगाउनु हो भन्ने गहिरो सन्देश दिनुभएको छ। यो भनाइ उहाँले नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन समारोहमा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री ओलीले सगरमाथा संवादलाई विश्वव्यापी संवादको रूपमा महत्व दिँदै, इमानदार संवाद, आपसी ज्ञान साटासाट र सामूहिक कदम चाल्नको माध्यमका रूपमा यस कार्यक्रम स्थापना भएको बताए।

प्राकृतिक विपद् जस्तै पहिरो, बाढी र खडेरीका चुनौतीहरूका बाबजुद वातावरण संरक्षणमा नेपालले डटेर योगदान गरिरहेको उल्लेख गर्दै उहाँले यस क्षेत्रमा नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

प्रधानमन्त्रीले यस संवादलाई उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र साझा दृष्टिकोणमा आधारित भएर अघि बढोस् भन्ने आशा व्यक्त गर्नुभयो।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शुक्रवार