काठमाडौं — शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य तोलामा १ लाख ८१ हजार ८०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेर तोलामा १ हजार ९४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको १ हजार ९२५ रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य वृद्धिको जानकारी प्रदान गरेको छ।