• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

लोकसेवा आयोगद्वारा अधिकृतदेखि सहसचिवसम्मका लागि दरखास्त आह्वान


काठमाडौं । लोकसेवा आयोगले अधिकृतदेखि सह–सचिवसम्मका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै निजामती सेवा, सङ्घीय संसद् सेवाका राजपत्राङ्कित प्रथम र द्धितिय श्रेणी, स्वास्थ्य सेवाका एघारौँ र नवौँ तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत पदको आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको जानकारी दिएको हो ।

आयोगले विभिन्न पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनमा हुने बढुवा पनि खुला भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार