20.5 C
Kathmandu
Saturday, November 25, 2023
spot_img

यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट : डडेल्धुरा फाइनलमा

कञ्चनपुरमा जारी वाइवाई यू–१९ क्रिकेट सुदूरपश्चिम छनोट प्रतियोगितामा डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा मङ्गलबार भएको खेलमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित ४० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन बनायो । एक सय ४१ रनको लक्ष्य पछ्याएको कैलालीले २६ दशमलव एक ओभरमा सवै विकेट गुमाउँदै मात्र ७९ रन बनाउन सक्यो । डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा सर्वाधिक २४ रन बनाए । यस्तै अरुणप्रकाश दानीले ३१ बलमा १७, विकास ऐरले अविजित रहँदै १८ बलमा १७, निर्मल पुन मगरले ३७ बलमा १६, दिपक बोहराले १७ बलमा १४ रनतथा सचीन साउदले २३ बलमा १४ रन बनाए ।

जवाफी ब्याटिङ गर्ने क्रममा कैलालीका लागि नरेन साउदले १४ बलमा सर्वाधिक १८, प्रवेश साउदले २४ बलमा २४, सन्दीप बिष्टले ३९ बलमा १४ र दिनेश ओडले २७ बलमा १४ रन बनाए । उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण विष्ट घोषित भए ।
महेन्द्रनगरस्थित कभर्डहलको खेलमैदानमा भएको अर्को खेलमा अछामले बझाङलाई पराजित ग¥यो । टस जितेर ब्याटिङ रोजेको अछामले निर्धारित ४० ओभरको खेलमा ३४ दशालव तीन ओभरमा सवै विकेट गुमाएर एक सय ६० रन बनायो । एक सय ६१ रनको विजयी लक्ष्य पछ्याएको बझाङले २२ ओभरमा सवै विकेट गुमाएर एक सय ३८ रन मात्र बनायो । अछामका लागि आशिष लुहारले ३४ बलमा सर्वाधिक ४० रन बनाए । यस्तै विनय जोशीले ७७ बलमा २९, आशिष बुढाऐरले १३ बलमा १८ तथा जित साउदले २७ बलमा १६ रन बनाए ।

यस्तै ब्याटिङ गर्ने क्रममा बझाङका लागि कप्तान अशोक धामीले २२ बलमा सर्वाधिक ३१ रन, सञ्जय बोहराले १८ बलमा १६, पारस रोकायाले १८ बलमा १० तथा नरेन्द्र रानाले २५ बलमा ११ रन बनाए । उक्त खेलको म्यान अफ दी म्याच अछामका युवराज खत्री घोषित भए ।

जिल्ला क्रिकेट सङ्घ कञ्चनपुरका स्कोरर नरेन्द्रराज भट्टका अनुसार आज बैतडी र कैलाली तथा अछाम र कञ्चनपुरबीच खेल हुनेछ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles