21.1 C
Kathmandu
Thursday, April 18, 2024
spot_img

कामपा वडा नं २ मा एमालेको प्यानल विजयी

काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

पन्ध्र हजार ५५१ मत गणना हुँदा महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले छ हजार १६ मतसहित अग्रता कायम गरिरहनुभएको छ । एमालेका केशव स्थापितले तीन हजार १४१, कांग्रेसका सिर्जना सिंहले दुई हजार ७८१ र राप्रपाका मदनदास श्रेष्ठले ५५३ मत प्राप्त गर्नुभएको छ । ५१२ मत बदर भएको छ ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले अग्रता कायमै राख्नुभएको छ । डङ्गोलले छ हजार १७३ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठ एक हजार ६९० र राप्रपाका बिनिता मगैयाले एक हजार ३१४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अहिले ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी छ । वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसक्नुभएको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles