21.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

उम्मेदवारको दुर्घटनामा मृत्यु

धादिङको ससाहमा सोमबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पोखराबाट धादिङबेँसी आउँदै गर्दा आइचर ट्रकसँग ठोक्किएर नीलकण्ठ नगरपालिका–७ का २९ वर्षीय अर्जुन पोखरेलको मृत्यु भएको हो ।

दुर्घटनामा सँगै सवार नीलकण्ठ नगरपालिका–४ का सन्तोष अधिकारी गम्भीर घाइते भएका छन् । उनको धादिङमा उपचार हुन नसकी काठमाडौँ ट्रमा सेन्टर पठाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयो ।

धादिङबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको बा५ख ७०७२ नम्बरको आइचरले वाग्मती प्रदेश ०२–०३३ प ३३९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । पोखरेलको धादिङ अस्पतालमा मृत्यु भएको हो ।

मृतक पोखरेल गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)को चुनाव चिह्न लिएर नीलकण्ठ नगरपालिका–७ नम्बर वडाको वडा सदस्य उम्मेदवार हुनुहुन्थ्यो । नीलकण्ठ निर्वाचन कार्यालयले भोटगन्नसमेत सुरु नगर्दै उम्मेदवारको मृत्यु भएको हो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles