20.1 C
Kathmandu
Tuesday, November 28, 2023
spot_img

गोंगबुको लोत्से महल तोडफोड गरि लुटपाट गर्ने प्रहरीको थुनुवामा

काठमाडौं महानगरपालिका-२६ गोंगबु नयाँबसपार्कस्थित लोत्से महलमा सञ्चालित मोबाइल पसलहरू तोडफोद गरि लुटपाट गर्ने कार्यमा संलग्न रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु विभिन्न मोबाइल तोडफोड गरी मोबाईल, चार्जर, रिचार्ज कार्ड, एयरफोन लगायतका सामानहरु लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा दैलेख भगवती गाउँपालिका-३ घर भई काठमाडौँ तारकेश्वर बस्ने २४ वर्षीय चिरन रेग्मी, काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने ३५ वर्षीय नविन खड्गी, रुपन्देही खैरेनी नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने २२ वर्षीय सुजन खत्री र झापा शिवसताक्षी नगरपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

नयाँबसपार्कस्थित ट्राफिक प्रहरीले ट्राफिक जरिवाना बढाएकोमा घटाउनुपर्ने, माईक्रोबस व्यवस्थापन लगाएतको माग राखी विभिन्न यातायात मजदुर संगठनहरुले फागुन २ गते आन्दोलन गरेका थिए। सोहि आन्दोलनको मौका छोपेर लोत्से महलमा प्रवेश गरी अर्जुन चालिसेको एसिडिसी मोबाईल प्रालि, डायमण्ड मोबाईल प्रालि तथा गजेन्द्र न्यौपानेको काठमाडौँ सुपर मार्केटमा तोडफोड गरेका थिए।

पसलभित्रका विभिन्न सामानहरु लुटपाट गरेको घटनाको थप अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै उनीहरुबाट घडी, घडीको चार्जर, एयरफोन, मल्टिप्लग, मोबाइल २ थान, ४ हजार रुपैयाँ बराबरको एनटिसि र एनसिएलको रिचार्ड कार्ड लगायतका सामानहरू प्रहरीले बरामद गरेको छ ।

अहिले उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौं ४ दिनको म्याद थप अनुमती प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ । साथै घटनामा संलग्न अन्य व्यक्तिहरुलाई नियन्त्रणमा लिई थप स्क्रिनिङ्ग गर्ने कार्य भइरहेको छ ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles