• २०८२ बैशाख ५ गते शुक्रवार
  • Preeti To Unicode

नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मण्डला थिएटरमा मञ्चन


काठमाडौं – मण्डला थिएटरमा आगामी ९ फागुनदेखि नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुन जाँदैछ। यो मण्डलाले प्रस्तुत गर्दै गरेको ७ नाटकमध्ये पाँचौँ नाटक हो।

नाटकका लेखक मिल्सन राई र निर्देशक पशुपति राई रहेका छन्। यो नाटकले किरातको मुन्दुम र श्रुति परम्पराबाट आएको कथा प्रस्तुत गर्दै मातृसत्तात्मक समाजमा पितृसत्तात्मक व्यवहारको प्रवेश र त्यसका प्रभावलाई चित्रित गर्दछ।

कलाकार विजय बराल, ठिल्ने ल्हमो, प्रयास वान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान लगायतका कलाकारहरूले प्रमुख भूमिका निर्वाह गर्नेछन्। नाटक हरेक दिन सोमबार बाहेक साँझ ५:३० बजे मञ्चन हुनेछ, र शनिबार दिउँसो १ बजे पनि प्रदर्शन हुनेछ। यो नाटक ३ चैतसम्म प्रदर्शन हुनेछ।

यस नाटकको मञ्चनको समय र अन्य जानकारीका लागि मण्डला थिएटरको आधिकारिक सूचना हेर्न सकिन्छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार