काठमाडौं – काठमाडौं महानगरपालिका–१४ अन्तर्गत कुलेश्वरस्थित एक मन्दिर नजिकैको भित्री गल्लीमा बिहीबार बिहान अन्दाजी ५५–५६ वर्षको एक पुरुषको शव फेला परेको छ।
प्रहरीका अनुसार मृतकको नाम, थर र वतन हालसम्म नखुलेको जनाइएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो र आवश्यक अनुसन्धान सुरु गरिएको छ।
शव कसरी त्यहाँ पुग्यो र मृत्युको कारण के हो भन्नेबारे हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि तयारी भइरहेको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।