
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) ले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेका चार थान जहाजको किन्दा लिएको ऋणको किस्ता तिरेको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको २०८१ आश्विन महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी आश्विन ३० गते त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ भुक्तानी हो ।
निगमले वर्तमान व्यवस्थापनले नेतृत्वले सम्हालेपश्चात आश्विनसम्मको अवधिमा ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार ५३३ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको हो ।