काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । आइतबार दिउँसो दुई बजेफ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । उनी कलेजो रोगबाट पीडित थिए ।
उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। पछिल्लो समय उनको अगुवाइमा संविधान संशोधनका विषयमा नियमित वहसहरु भइरहेको थियो ।