सुनको मूल्य बढेर कति पुग्यो त ?


काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रुपैयाँले बढेर १ लाख ५१ हजार ४०० रुपैयाँ पुगेको छ।

तेजाबी सुनको मूल्य भने यथावत रहेको छ। चाँदीको मूल्य पनि स्थिर रहँदै तोलामा १ हजार ८४० रुपैयाँ कायम छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको दर र आर्थिक उतारचढावका कारण आन्तरिक बजारमा सुनको मूल्यमा उतारचढाव देखिएको हो।

 

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार