17.1 C
Kathmandu
Saturday, December 9, 2023
spot_img

मकवानपुरमा ६७औँ प्रहरी दिवस

बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको ६७औँ प्रहरी दिवसका अवसरमा प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो । त्यसअवसरमा उपस्थित सबैले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

मुलुकमा शान्तिसुरक्षा तथा सुव्यवस्था कायम राख्न प्रहरी प्रशासनको भूमिका अत्यन्तै महत्वपूर्ण भएको छ भन्दै मुख्यमन्त्री पाण्डेले नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा संविधानको रक्षा गर्दै अघि बढ्नु सबैको दायित्व भएको बताउनुभयो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले यस प्रदेशमा प्रहरी प्रहरी ऐन ल्याइए पनि त्यसलाई लागू गर्न केही जटिलता पैदा भइरहेकाले सङ्घीय सरकारले त्यसलाई सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी सेवाका अधिकृत, प्रहरीलाई सेवा पु¥याउने विभिन्न सङ्घसंस्था तथा निकायका प्रतिनिधि तथा प्रहरीका परिवारलगायतलाई सम्मान गरिएको थियो ।उक्त कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, हेटौँडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँलगायत सशस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,400SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles