16.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

हात्ती मृत भेटियो

झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो ।

मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिनुभयो । उहाँका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन ।

डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका

छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles