29.1 C
Kathmandu
Tuesday, May 30, 2023
spot_img

चाँगुनारायणको प्रमुखमा एमाले अगाडि

चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् । वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए पनि वडा नं ६ को मतगणनाको नतिजा आउँदा भने एमालेका उम्मेदवार वीणा बाँस्तोलाले अग्रता लिनुभएको छ ।
आज बिहानसम्मको मतपरिणाम अनुसार बाँस्तोलाले ६ हजार ६५० मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ६ हजार २९३ मत प्राप्त गर्दै खत्रीले बीणालाई ३५७ मतान्तरले पछ््याई रहनुभएको छ । उपप्रमुखमा एमालेका रमेश बुढाथोकीले अग्रता कायमै राख्नुभएको छ । बुढाथोकीले अहिलेसम्म ८ हजार ४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले सात हजार ४३२ मत पाउनुभएको छ ।

नगरपालिकाको– ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो पटक विजयी भएको छ । वडाध्यक्षमा राप्रपाका धनबहादुर लामाले एक हजार ४११ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी एमालेका उमेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याउनुभयो ।

राप्रपाबाट सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ, हरिप्रसाद लामिछाने, महिलामा आरती लामा र दलितमा सोनु विश्वकर्मा हुनुहुन्छ । —

 

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,790FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles