17.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

बेँसीसहर–चामे सडक भासियो

लमजुङ–मनाङ जोड्ने एक मात्र बेँसीसहर–चामे सडक भासिएको छ । केही दिनदेखि निरन्तर वर्षासँगै पानीको बहाव बढेर मस्र्याङ्दी नदीले आज बिहान १० बजेतिर सडकमा असर पु¥याउँदा बेँसीसहर नगरपालिका–६ खरखरे भिरको सडक भासिएको हो ।

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषत्तोम अधिकारीले भन्नुभयो, “केही दिनदेखि परेको पानीले खरखरे भिरमा नै मूल पलाएको छ, त्यही पानीको भल र तलपट्टि मस्र्याङ्दी नदीले खोतलेका कारण सडक भासिएको हो । यहाँ करिब सात÷आठ मिटर लम्बाइ सडक भासिएको उहाँको भनाइ थियो । यस स्थानमा चार दिनअघि पनि सडक अवरुद्ध भएको थियो । यहाँ बर्सेनि बर्खायाममा दैनिकजसो सडक अवरुद्ध हुने गर्दछ । सडक अवरुद्ध भएपछि कार्यालयको एक्साभेक्टरले खुलाउनका लागि प्रयास गरिरहेको र कति समय लाग्ने भन्ने यकिन नभएको उक्त कार्यालयका सूचना अधिकारी अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सधैँ यहाँ सडक अवरुद्ध भइरहने भएकाले हामीले हाम्रो एक्साभेक्टर तैनाथ गरेर अवरुद्ध हुनासाथ खुलाउने प्रयास गर्दै आइरहेका छौँ । विगतका वर्षहरुमा यहाँ ठूलो पहिरा गएकाले र बेलाबेलामा ठूलाठूला ढुङ्गाहरु झर्दा सडक अवरुद्ध हुने गरेको छ । बेँसीसहर–चामे सडक ६५ किलोमिटर लामो दूरी छ । यस सडकमा दैनिक दर्जनौँ सवारीसाधन आवतजावत गर्दछन् । उक्त स्थानमा अहिले पनि सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परिरहेका छन् ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles