15.1 C
Kathmandu
Sunday, March 24, 2024
spot_img

घाँसमा आधारित पशुपालन किसानलाई किम्बु वितरण

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले घाँसमा आधारित पशुपालन किसानलाई ३० हजार किम्बु घाँसका बिरुवा प्रदान गरेको छ । व्यावसायिक रुपमा पशुपालन गरेका किसान समूह र व्यक्तिगत किसानलाई किम्बुका बिरुवा निःशुल्क रुपमा वितरण गरिएको हो ।

कार्यालयले चितवनको भण्डाराबाट प्रति बिरुवा ढुवानीबाहेक रु दुईका दरले तीस हजार बिरुवा खरिद गरेर किसानलाई वितरण गरिएको कार्यालयका पशु स्वास्थ्य प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिनुभयो ।

छोटो समयमा धेरै घाँस उत्पादन हुने र एक वर्षमा पाँच पटकसम्म घाँस काट्न सकिने हुँदा किम्बु घाँस प्रभावकारी रहेको उहाँले बताउनुभयो । कार्यालयले नेपियर, स्मार्ट नेपियर, बदामे, नेपियर सिओ ३ र ४ लगायतका घाँसका बिरुवा निःशुल्क प्रदान गर्दै आएको सो कार्यालयले जनाएको छ । किम्बुका बिरुवा समूहमा दुई हजार पाँच सयका दरले र व्यक्तिलाई १०० देखि १५० का दरले प्रदान गरिएको छ ।

“थोरै क्षेत्रफलमा पनि धेरै घाँस उत्पादन गर्न सकिने हुँदा विभिन्न उन्नत जातका घाँसका बिरुवा किसानलाई प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो “भेटेरिनरी अस्पतालले बीस हजार बिरुवा उत्पादन गरिरहेकाले उक्त बिरुवा पनि किसानलाई निःशुल्क वितरण गरिनेछ ।” कार्यालयका अनुसार कार्यालय परिसरमा राइखनियो दुई हजार ५००, निवारो पाँच हजार र रेड नेपियर एक हजार नर्सरीमा उत्पादन गरिरहेको उहाँले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles