• २०८२ कार्तिक ९ गते शनिवार
  • Preeti To Unicode

डोटीमा सिकार खेल्ने क्रममा भरूवा बन्दुक पड्किँदा एक युवकको मृत्यु


काठमाडौँ  – डोटीको बडिकेदार गाउँपालिका–१ स्थित बर्छेन जंगलमा सिकार खेल्ने क्रममा भरूवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ।

मृतक २४ वर्षीय नरेश सार्की बडिकेदार गाउँपालिका–२ का हुन्। बिहीबार दिउँसो कमलसिंह खड्काले बोकेको भरूवा बन्दुक रुखमा ठोक्किएर अचानक पड्किँदा गोली सार्कीको दायाँ छातीमा लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घटनासँग सम्बन्धित मुख्य अभियुक्त ४८ वर्षीय कमलसिंह खड्का (रजेडा) सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका अन्यमा खेम खड्का (२६), तारासिंह खड्का (५२), तजेन्द्र भाट (३९), अमर शाह (४०), चक्र भाट (३१), सुनिल बम (१८), गणेशबहादुर घर्ती मगर (३७), मानबहादुर शाह (७१) र जुलेश नामजाली मगर (२६) रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार