काठमाडौँ – गएराति शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलाई लक्षित गरी गोली प्रहार गरिएको छ। घटना शुद्धोधन गाउँपालिका स्थित चौधरीको घरमा भएको हो।
प्रहरीका अनुसार, चौधरी शौचालयबाट फर्किरहेका थिए कि अचानक अज्ञात व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए। गोली भित्तामा लागेको र घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
चौधरीको कुनै शारीरिक क्षति भने भएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।