पोखरा, वैशाख ५ – गृहमन्त्री रमेश लेखक र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पोखरामा स्थित प्रादेशिक आपत्कालीन गोदामघरलाई गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेका छन्।
यो गोदामघर विपद्जन्य घटनामा राहत सामग्रीको प्रमुख भण्डारण स्थल हुनेछ। यसको निर्माण नेपाल सरकार, युरोपेली संघ, विश्व खाद्य कार्यक्रम र नागरिक उड्डयन प्राधिकरणको सहकार्यमा सम्पन्न भएको हो।
गोदामघरको निर्माण लागत २ करोड रुपैयाँ रहेको जानकारी प्राप्त भएको छ। यस सुविधाले गण्डकी प्रदेशमा आपत्कालीन अवस्थामा राहत सामग्रीको सजिलो व्यवस्थापन र वितरण सुनिश्चित गर्नेछ।