काठमाडौँ – एभरेस्ट नेपाल कल्चरल ग्रुपले १० देखि १६ अप्रिल २०२३ सम्म थाइल्यान्डको बैंकक र पत्तया शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदानप्रदान मेलामा सहभागिता जनाएको छ।
समूहको नेतृत्व डा. आरसी कोइरालाले (रामचन्द्र) गरेका थिए, र यस कार्यक्रमका क्रममा नेपाल, मेक्सिको, श्रीलङ्का, रसिया र थाइल्यान्डका कलाकारहरूले आफ्नो सांस्कृतिक धरोहर र लोक कला प्रस्तुत गरे।
समूहका कलाकारहरूमा लोकेन्द्र शाह, सावित्री बुढाथोकी (मिना), सुन्दर गुरुङ, डिल कुमारी उपाध्याय (प्रतिमा), मञ्जु दमाई, दावा शेर्पा (दर्पण), उषा खत्री, कमला प्रधान (रजनी), मोनिका राना, लीला घिमिरे, र माया बस्याल रहेका थिए।
कार्यक्रमका दौरान, डा. कोइरालाले नेपालमा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्ने सम्भावनाका बारेमा कुरा गर्दै, भविष्यमा यसका लागि सरकारी र गैरसरकारी निकायहरूको सहयोगको आवश्यकता औंल्याए।