• २०८२ कार्तिक ५ गते मङ्गलवार
  • Preeti To Unicode

भरतपुरमा पिताले आफ्नै छोरी र भान्जालाई खुर्पाले हत्या, आफू आत्महत्या प्रयासमा उपचाररत


काठमाडौँ  – भरतपुर महानगरपालिका वडा नं. २५, किसानचोक नजिकै एक दर्दनाक घटना भएको छ। ४२ वर्षीय लिलाराज गिरीले आफ्नै छोरी प्रभा (७ वर्ष) र भान्जा सजन (५ वर्ष) लाई खुर्पा प्रहार गरी हत्या गरेका छन्। घटना पछि उनले आत्महत्या प्रयास गरेका थिए र हाल अस्पतालको आईसीयूमा उपचाररत छन्।

घटना गत शुक्रबार बिहान मदरल्याण्ड बोर्डिङ स्कूल नजिकै भएको हो, जहाँ प्रभा र सजन दुवै विद्यार्थी थिए। लिलाराज गिरी नेपाली सेनाका निवृत्त जमदार हुन् र केही वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।

प्रभा र सजन दिदी-भाइझैं नजिकका थिए। घटना हुनु अघि दाजुले आफ्नो छोरा सजनलाई विद्यालय पुर्‍याउन भनेका थिए। शनिबार बिहानै विद्यालयमा आएको खबरले शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई स्तब्ध र शोकमा पारेको छ।

सजन अस्पतालमा मृत्यु भइसकेको छ भने प्रभालाई केही समयपछि मृत घोषणा गरिएको छ। लिलाराज गम्भीर घाइते भएका कारण आईसीयूमा उपचार भइरहेका छन्। उनका श्रीमती र ११ वर्षीय छोरा रेशमलाल पनि उपचाररत छन्।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। लिलाराजका आफन्त नहुँदा प्रहरीले अस्पतालसँग सहकार्य गर्दैछ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार