• २०८२ कार्तिक १५ गते शुक्रवार
  • Preeti To Unicode

बैतडीमा तीन हप्तादेखि रेबिजविरुद्धको खोप अभाव, सेवाग्राहीलाई समस्या


काठमाडौँ  – जिल्लामा तीन हप्तादेखि रेबिजविरुद्धको खोप अभाव भएपछि सेवाग्राहीहरूले खोप लगाउन जिल्ला बाहिर जानुपर्ने बाध्यता सिर्जना भएको छ। सदरमुकाम जिल्ला अस्पताल, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्यतया रेबिज खोप उपलब्ध हुने गर्दछ, तर अहिले यी स्थानहरूमा खोपको अभाव देखिएको छ।

रेबिज रोगबाट बच्न जनावरले टोकेको अवस्थामा तीन मात्रा रेबिज खोप अनिवार्य रूपमा लगाउनुपर्ने हुन्छ। कुकुर, बिरालो लगायतका घरपालुवा जनावर र सँगै स्याल, ब्वाँसो जस्ता जङ्गली जनावरले टोकेमा यो खोप आवश्यक पर्दछ।

रेबिज रोगका लक्षणमा ज्वरो, टोकेको स्थानमा अत्यधिक दुखाइ, पानी र हावाबाट डर, चिडचिडापन, रिसाउने प्रवृत्ति, आँखा, नाक, मुख र शरीरमा घाउहरू देखिन्छन्। पानी पिउँदा घाँटी दुख्ने, स्नायु प्रणाली र श्वासप्रश्वासमा समस्या आउने, हृदयाघात र मृत्युको जोखिम रहन्छ।

जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले खोप अभावको विषयमा प्रदेश आपूर्ति केन्द्रलाई जानकारी गराइसकेको बताउँदै आवश्यक खोप उपलब्ध गराउन आग्रह गरेका छन्। खोपको अभावका कारण जिल्लाबासीमा स्वास्थ्य जोखिम बढ्ने चिन्ता गरिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार