29.1 C
Kathmandu
Tuesday, May 30, 2023
spot_img

शिवपुरीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी केन्द्र विजयी

नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित हुनुभएको हो ।
थपलियाले निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर उप्रेतीलाई एक सय नौ मतले पराजित गर्नुभएको हो । थपलियाले चार हजार १८२ तथा उप्रेतीले चार हजार ७३ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा तामाङले चार हजार ५२० तथा उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी इन्दिरा खड्काले चार हजार ५६ मत ल्याउनुभयो । सो गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

यस्तै वडाध्यक्षतर्फ वडा नं १, २, ३ र ७ मा माओवादी केन्द्र, वडा नं ४ र ८ मा कांग्रेस तथा वडा नं ५ र ६ मा एमाले विजयी भएको सहायक निर्वाचन अधिकृत दयाराम पौडेलले जानकारी दिनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,791FollowersFollow
20,800SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles