19.1 C
Kathmandu
Friday, April 19, 2024
spot_img

कृषि उपकरण तथा स्यालो बोरिङग वितरण

सप्तरीको कृषि ज्ञान केन्द्रले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङगसहितका सामग्री वितरण गरेको छ । जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित किसानलाई यान्त्रिक र आधुनिकिकरण गर्ने उद्देश्यले आयोजित एक कार्यक्रममा केन्द्रले पावर टिलर, धान र गहुँ काट्ने रिपर मेसिन, स्यालो बोरिङग र कमरसियल मोटरलगायत कृषियन्त्र र उपकरण किसानलाई अनुदानमा वितरण गरेको हो ।

तीन आर्थिक वर्षमा सप्तरी जिल्लामा एक हजार ५७३ जनालाई स्यालो टु्युवेल वितरण गरिएको थियो । वितरण गरिएका सामानमा १८ एचपिको पावर टिलर ४०, ९ एचपीको पावर टिलर ११, स्यालो टु्यु्वेल १७०, समरसियल मोटर ३२, धान गहुँ काट्ने रिपर मेसिन छ र पावर टिलरमा प्रयोग हुने रिपर तीन थान रहेको उक्त केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले आव २०७८÷७९ को स्वीकृत कार्यक्रमअन्तर्गत एक हजार ५७३ स्यालो बोरिङग वितरण गर्दा छ हजार २९२ बिघा खेतीयोग्य जग्गामा २४ घण्टा सिँचाइ पुगेको बताउनुभयो । साथै स्यालो बोरिङ्ग वितरणले किसानको घर–घरमा पानी र घर–घरमा आम्दानी पनि बढेकाले कृषि यान्त्रिक वितरणले ठूलो सहयोग गरेको उहाँको भनाइ थियो । वैकल्पिक सिँचाइको व्यवस्था, श्रमिक समस्या समाधान, लागत घटाइ उत्पादन वृद्धि र किसानलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

सबै स्थानीयतहका किसानलाई निवेदनका लागि आह्वान गरी छनोटमा परेका किसानलाई ५० प्रतिशत अनुदानमा उक्त उपकरण उपलब्ध गराइएको केन्द्रले जनाएको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले युवा विदेशिने गरेको र खेतमा काम गर्ने मान्छेको अभावमा किसानले समस्या भोगिरहेका अवस्थामा यस्तो सहयोगले धेरै राहत प्रदान भएको बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles