15.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

सामुदायिक वन र सङ्घ संस्थालाई बिरुवा वितरण

सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको
छ । जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा महासङ्घले तीन हजार बिरुवा ल्याएर वितरण गरेको हो । जिल्लाका पर्यटकीय स्थल राम्चे सामुदायिक वन, रानीवन तथा वडवान सामुदायिक वन, जुनतारा मातृ समूह, दियालो सहकारी, दुर्गादेवी आमा समूहबाट उपभोक्ता सदस्यलाई बिरुवा वितरण गरिएको छ ।

पूर्वी पाल्पामा आँप, लिची, कागती, अम्रिसो र बाँसको बिरुवा गरी करिब तीन हजार बिरुवा वितरण गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles