• २०८२ कार्तिक २८ गते बिहिवार
  • Preeti To Unicode

नेपाल–यूएई महिला टी–२०: नेपाललाई जितका लागि ११५ रनको लक्ष्य


काठमाडौं-आईसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्री चरणमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको खेलमा यूएईले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ।

थाईल्यान्डमा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको हो। कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् भने तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रनको योगदान दिइन्।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा २० रन खर्चँदै ४ विकेट लिँदै प्रभावशाली प्रदर्शन गरिन्। कविता कुँवरले २ विकेट र राजमती ऐरीले १ विकेट हात पारिन्।

यो खेल दुवै टोलीका लागि निर्णायक मानिएको छ। जित हासिल गर्ने टोलीले आगामी ग्लोबल छनोटमा स्थान सुरक्षित गर्ने सम्भावना बलियो रहनेछ। नेपालले यो खेल जिते बाँकी एक खेल खेल्नुअघि नै ग्लोबल छनोटमा पुग्नेछ।

प्रकाशित मिति : २०८२ जेष्ठ ६ गते सोमवार