काठमाडौं-नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला ६०० रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ।
आइतबार सुनको मूल्य १ लाख ८४ हजार २०० रुपैयाँ प्रति तोला रहेको थियो। बजारमा सुनको मूल्य क्रमशः बढिरहेको संकेत देखिन्छ।
त्यसैगरी, चाँदीको मूल्य आइतबारकै जस्तै प्रति तोला १ हजार ९४५ रुपैयाँमा स्थिर छ।
यो मूल्य परिवर्तन काठमाडौँको नेपाली बजार अनुसार प्रकाशित गरिएको हो।