23.1 C
Kathmandu
Friday, March 29, 2024
spot_img

भुटानी अगुवा डा राईको निधन

भुटानी नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी डाक्टर भम्पा राईको निधन भएको छ । दमक–५ मा बस्दै आउनुभएका ७२ वर्षीय राईकोे विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको हो ।

डा राई भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका संयोजक हुनुहुन्थ्यो । राई पेटसम्बन्धी समस्याबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो । शनिबार दिउँसो मुटुको चालमा समस्या भएपछि उपचारका लागि उहाँलाई विराटनगरस्थित नोबल अस्पतालमा उपचारका लागि लगिएको आफन्त ईन्द्र कुँवरले बताउनुभयो ।

डा राईको शव आजै कमल–५ सीतापुरी उत्तरमा रहेको समाधिस्थलमा अन्त्येष्टि गरिने उहाँले बताउनुभयो । राई भुटानी राजाका कन्सलेन्टेन्ट सर्जनको रुपमा काम गर्नुहुन्थ्यो । सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेटिएपछि उहाँ आफ्नै इच्छाले नेपाल आउनुभएको थियो । राईकी श्रीमती र बुबा–आमासहित नेपाल आउनुभएको थियो । आमा विष्णुमायाको २०५४ सालमा र बुबा आइतराजको २०६४ सालमा निधन भएको थियो ।

दुई वर्षअघि उहाँकी श्रीमती उर्मिलाको पनि निधन भएपछि डा राई डेरामा एक्लै बस्दै आउनुभएको थियो । गत जेठदेखि उहाँलाई नगरपालिकाले सम्मानस्वरुप दमकमा आजीवन बस्नेको व्यवस्था गरिदिएको थियो । सन् १९९० अघि एक लाख बढी भुटानीसगैँ शरणर्थी शिविर प्रवेश गरेका डा राईले शरणार्थीको निःशुल्क उपचार गर्दै आउनुभएको थियो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles