15.1 C
Kathmandu
Tuesday, March 26, 2024
spot_img

पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित

पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पु¥याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ । सम्मानित शिक्षकलाई प्रतिशिक्षक रु १० हजार र प्रतिविद्यालयलाई रु दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो ।

शैक्षिक क्षेत्रमा सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अभिभावक तथा विद्यार्थीको रोजाइमा परेको छ । विद्यार्थीको मनोभावनाअनुरुप विभिन्न कार्य गरी पठनपाठन गराउँदै आएको रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल बताउनुुभयो।

‘शिक्षकको सम्मान, विद्यार्थीको विश्वास’, ‘विद्यालयको सम्मान, समुदायको इज्जत’ भन्ने नाराका साथ डिभिजन कार्यालयले हरेक वर्ष शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको छ ।

जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टङ्कनाथ खनालले अन्धकारमा रहेको व्यक्तिलाई ज्ञानको ज्योति छरेर शिक्षकले उज्यालोतर्फको बाटो तय गरिदिने गरेको बताउनुभयो । शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशका सचिव कृष्णप्रसाद पन्थले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पु¥याउने सामुदायिक विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यालयलाई प्रदेश सरकारले सम्मान गर्दै आएको जानकारी दिनुभयो ।

प्रदेशका छवटा सामाजिक विकास डिभिजन कार्यालयमार्फत उत्कृष्ट शिक्षक र विद्यालयलाई सम्मान गरिँदै आएको जनाइएको छ । सो कार्यालयका प्रमुख हरिलाल अर्यालले विभिन्न सूचकहरूका आधारमा शिक्षक र विद्यालयलाई सम्मान गर्दै आएको बताउनुभयो ।

Related Articles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
3,912FollowersFollow
21,600SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles