‘केशरी च्याप्टर २’ को बक्स अफिसमा सुखद सुरुवात, दुई दिनमै ₹१७.२५ करोडको कमाइ


काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार, आर माधवन र अनन्या पाण्डे अभिनीत फिल्म ‘केशरी च्याप्टर २ : द अनटोल्ड स्टोरी अफ जालिनवाला बाग’ ले बक्स अफिसमा सुखद सुरुवात गरेको छ। फिल्मले भारतमा पहिलो दिन ₹७.७५ करोड कमाए, र दोस्रो दिन कमाइ ₹९.५० करोड पुगेको छ। यसरी, दुई दिनको कुल कमाइ ₹१७.२५ करोड पुगेको छ। स्याकनिल्कको अनुमान अनुसार, फिल्मले पहिलो सप्ताहन्तमा करिब ₹३० करोडको कमाइ गर्ने सम्भावना छ।

सन् २०१९ मा रिलिज भएको ‘केशरी’ फिल्मको तुलनामा यस संस्करणले कम कमाइ गरे तापनि, अक्षय कुमारका पछिल्ला केही फ्लप फिल्महरूलाई ध्यानमा राख्दा यो कमाइ राहतको संकेत हो। ‘केशरी च्याप्टर २’ को कथावस्तु भारतको ऐतिहासिक जालिनवाला बागको घटनासँग जोडिएको छ, जसमा अक्षय कुमारको भूमिका विशेष रहेको छ।

फिल्मको वर्ड अफ माउथ अर्थात् दर्शक प्रतिक्रियामा भारतमा सकारात्मक प्रतिक्रिया पाइए पनि, नेपालमा भने पहिलो सप्ताहन्त कमजोर प्रदर्शन देखिएको छ। यसका साथै, फिल्मले भारतीय बक्स अफिसमा सनी देओलको ‘जाट’ फिल्मसँग कडा प्रतिस्पर्धा पाइरहेको छ। ‘जाट’ ले १० दिनमा ₹७० करोडको कमाइ गरिसकेको छ, जसले ‘केशरी च्याप्टर २’ को व्यापारमा केही असर पुर्याएको अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार