काठमाडौं । इजरायलले उत्तरी गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणबाट ७३ जनजाको मृत्यु भएको हमासका अधिकारीहरुले बताएका छन् ।हमासका अधिकारीहरुका अनुसार उत्तरी गाजाको बेत लाहिया क्षेत्रमा इजरायलले शनिबार मध्यराति बम आक्रमण गरेको थियो । सो आक्रमणबाट महिला र बालबालिकासहित ७३ जनाको मृत्यु भएको हमासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
अधिकारीहरुका अनुसार आक्रमणबाट कयौं घाइते भएका छन् भने केही व्यक्तिहरु भत्किएका संरचनामा च्यापिएका छन् ।बीबीसीका अनुसार इजरायलले यस आक्रमणबारे सार्वजनिक समाचारबारे जाँच गरिरहेको जनाएको छ ।