बढ्न थाल्यो चिसो, घट्न थाल्यो काठमाडौं उपत्यकाको तापक्रम


काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै चिसो बढेको छ । दिनदिनै तापक्रम घटेसँगै उपत्यकामा चिसो बढेको हो ।  आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि मंगलबार बिहान काठमाडौंको तापक्रम ९.९ डिग्री सेल्सियस थियो । काठमाडौं मात्रै नभैइ  देशभरकै तापक्रम घटिरहेको छ । हिउँदयाम नजिकिँदै गरेकाले तापक्रम घटेर देशभर चिसो बढ्दै गएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते बुधवार